सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढी: बैतडी घर भएका एक प्रहरीसहित चार जना सम्पर्कविहीन

२०८३ भदौ ११, ०१:२३ खबर संवाददाता

बैतडी: रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको भीषण बाढीपछि त्यस क्षेत्रमा कार्यरत बैतडीका ४ जना सम्पर्कविहीन भएका छन्।

आफन्तहरुले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए अनुसार विभिन्न क्षेत्रमा कार्यरत ४ जना सम्पर्कमा नआएको बताइएको छ। 

त्रिशूली हाइड्रो पावरमा काम गर्ने सुर्नया–६ का ३१ वर्षीय हरिश चन्द, रसुवा हाइड्रो पावरमा काम गर्ने डिलासैनी–७ धामीगाउँका २८ वर्षीय पूर्ण सिंह धामी र २७ वर्षीय बिशाल धामी र  प्रहरी चौकी रसुवागडी रसुवामा कार्यरत दोगडाकेदार गाउँपालिका–२ का हिक्मत महरा सम्पर्कमा नआएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस