सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडीमालिका यात्रामा वेहाेस भएका तीर्थालुको धनगढी उपमहानगरको मेडिकल टोलीद्वारा उद्धार

२०८३ भदौ ११, ०२:५० खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाको मेडिकल टोलीले बडीमालिका यात्रामा रहेका एक तीर्थालुको आकस्मिक स्वास्थ्य उपचार तथा उद्धार गरेको छ।

बाजुराको बुढीगंगा नगरपालिका–६ का ३४ वर्षीय तीर्थालु चन्द्र पाध्येको अक्सिजनको मात्रा अत्यधिक कम भएर वेहाेस भएपछि मेडिकल टोलीले तत्काल प्राथमिक उपचारसहित अक्सिजन दिएको हो।

पाध्येको अक्सिजन लेभल ४९ प्रतिशतसम्म झरेको थियो। स्वास्थ्य अवस्था गम्भीर देखिएपछि मेडिकल टोलीले उनलाई अक्सिजन दिनुका साथै प्राथमिक उपचार गरेको थियो।

त्यसपछि त्रिवेणी धामबाट करिब ३०० मिटर दूरीमा रहेको नेपाली सेनाको स्वास्थ्य सहायता कक्षसम्म स्टेचरमार्फत सुरक्षित रूपमा पुर्‍याइएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

बडीमालिका यात्राका क्रममा स्वास्थ्य समस्या देखिएका तीर्थालुलाई तत्काल स्वास्थ्य सहायता उपलब्ध गराउन धनगढी उपमहानगरपालिकाको मेडिकल टोली परिचालन गरिएको छ।
 

कमेन्ट लोड गर्नुस