कैलालीका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका सामान बरामद
धनगढीः कैलाली जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका करिब ३ लाख १५ हजार ६ सय ५० रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका चिनी, बिडी, सुर्ती, बुक्रम, भाँडावर्तन, किरानालगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद गरिएका सामानहरू भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नियन्त्रणमा लिइएका सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।