सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ

२०८३ भदौ १४, ०८:१४ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको लम्कि चुहा नगरपालिका–१ बनाना होटलमा बसिरहेको अवस्थामा अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १५० मिलिग्रामसहित जानकी गाउँपालिका–६ बस्ने ३१ वर्षीय प्रेम बहादुर चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कि, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार राति चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ। 

यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौला चेक पोष्ट स्थित सडक खण्डमाबाट अवैध लागूऔषध ब्राउनसुगर ६८० मिलिग्राम सहित टीकापुर नगरपालिका–१ बस्ने १८ वर्षिय किशोरलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस