भोटेकोशी बाढीपीडितका लागि कैलाली जनपुस्तकालयको २५ हजार सहयोग
धनगढीः भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि कैलाली जनपुस्तकालयले २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
बाढीका कारण ठूलो जनधनको क्षति भई कैयौँ परिवार पीडामा रहेका बेला पुस्तकालयको प्रबन्ध समितिको बैठकले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्ने विभिन्न कार्यक्रम स्थगित गरी विपद् प्रभावित क्षेत्रमा राहत तथा सहयोगका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो।
भोटेकोशी क्षेत्रमा बाढीका कारण ठूलो क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा सामाजिक संस्थाले सहयोग गर्दै आएका छन्। कैलाली जनपुस्तकालयले पनि आफ्नो नियमित कार्यक्रम स्थगित गरी विपद् प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेको हो।