सवारी ज्यान मुद्दामा फरार कैलालीका एक जना पक्राउ
२०८३ भदौ १६, ०७:३२
धनगढीः सवारी ज्यान मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष कैद सजाय र दुई हजार जरिवाना तोकिएको जोशीपुर गाउँपालिका–५ बस्ने ४० वर्षीय टेकबहादुर मौनी पक्राउ परेका छन्। मौनीलाई इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस