सुन र चाँदीको मूल्य घट्यो
२०८३ भदौ १६, १२:००
काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला रु ५०० र चाँदीको मूल्य रु १५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र चाँदीको मूल्य रु चार हजार ७८० कायम भएको थियो।
कमेन्ट लोड गर्नुस