महाकाली नदीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवागमन बन्द
कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव बढेर १ लाख ८ हजार ९ सय ९२ क्यूसेक पुगेपछि नेपाल–भारत सीमा जोड्ने बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत बन्द गरिएको छ।
पानीको बहाव बढेपछि सुरक्षाको दृष्टिले मंगलबार बिहान ६ बजेदेखि बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत रोकिएको जनाइएको छ।
महाकाली नदीमा पानीको सतह तथा बहाव बढेसँगै बनबासा पुलमा आवतजावत प्रभावित भएपछि नेपाल–भारत सीमा हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्क रहन आग्रह गरिएको छ।
सम्बन्धित सबैलाई पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत बन्द गरिएको जानकारी गराउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।