सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीपीडितका लागि काँग्रेस कैलाली- ५ द्वारा ५१ हजार १११ रुपैयाँ सहयोग

२०८३ भदौ १६, ०२:४६ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस क्षेत्र नम्बर ५ कैलालीले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

नेपाली काँग्रेसको ‘एकद्वार नीति’अनुसार उक्त रकम कांग्रेस केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा व्यवस्थापन कोषमा पठाइने क्षेत्र नम्बर ५ कैलालीका सभापति भीम पडालले जानकारी दिए।

पडालका अनुसार विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले क्षेत्रीय समितिको तर्फबाट उक्त रकम प्रदान गरिएको हो। उनले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए।

यसैबीच, नेपाली काँग्रेस क्षेत्र नम्बर ५ कैलालीले बाढी तथा प्राकृतिक विपद्का क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

कमेन्ट लोड गर्नुस