सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छली गरी ल्याइएका मोटरसाइकलका अवैध पार्टपुर्जा बरामद

२०८३ भदौ १७, ०७:४३ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर नगरपालिका–६ बाणीघाट पुलबाट भारतबाट भन्सार छली गरी ल्याइएका मोटरसाइकलका विभिन्न पार्टपुर्जा लगायतका सामान प्रहरीले बरामद गरेको छ।

अन्दाजी ६७ हजार ८ सय रुपैयाँ बराबरका ती सामान मंगलबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो। बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस