सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन र चाँदीको मूल्यमा गिरावट

२०८३ भदौ १७, १२:२५ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ। 
 
सुनको मूल्य प्रतितोला रु आठ हजार ८०० र चाँदीको मूल्य  रु १८५ ले गिरावट आएको हो। 
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य रु चार हजार ५८० कायम भएको छ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ थियो।

कमेन्ट लोड गर्नुस