मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
काठमाडौँः एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ।
यी दुई टोलीबिचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो। नेपालले बिहीबारको खेलमा पनि उत्कृष्ट बलिङ गरिरहेको छ। एक्काइस ओभरमा नेपालले मलेसियाको पाँच विकेट लिइसकेको छ। जारी प्रतियोगितामा नेपाल र मलेसिया लगातार दोस्रो जितको खोजीमा छन्। नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो। नेपाली टोली दोस्रोपटक प्रिमियर कपको उपाधि जित्ने योजनामा छ।