सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीपीडितका लागि धनगढीका व्यवसायी सिग्देल दम्पतीले गरे आर्थिक सहयोग

२०८३ भदौ १८, १२:२६ खबर संवाददाता

धनगढीः भोटेकोशीमा गत भदौ १० गते आएको बाढीका पीडित परिवारको उद्दार र सहयोगका लागि धनगढी-४ स्थित सुधा ब्याग हाउसका सञ्चालक यमनाथ सिग्देल र पार्वता खनाल सिग्देलले आर्थिक सहयोग गरेका छन्। सिग्देल दम्पतीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९९ हजार ९९९ रुपैयाँ सहयोग गरेका हुन्।

सिग्देलले मलुकलाई अफ्ठ्यारो परेको समयमा नागरिकहरूले सक्ने सहयोग गर्नुपर्ने बताएका छन्। उनले अहिले गरिने जस्तोसुकै रकम पनि राज्य र पीडित परिवारका लागि निकै महत्वपूर्ण हुने भएकाले सकेको आर्थिक सहयोग गरेको बताए।

उनले भने, अहिले मुलुकलाई समस्या परेको छ, यस्तो अवस्थामा हामीले आ-आफ्नो तर्फबाट सकेको आर्थिक सहयोग गर्नुपर्ने हुन्छ। र, त्यसको जानकारी सामाजिक संजालबाट गराउँदा अरूलाई पनि सहयोग गर्ने प्रेरणा मिल्छ।'

कमेन्ट लोड गर्नुस