सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीपीडितका लागि धनगढीको लक्ष्मीनारायण मन्दिरको एक लाखभन्दा बढी सहयोग

२०८३ भदौ १८, ०३:१९ खबर संवाददाता

धनगढीः भोटेकोशीमा गत भदौ १० गते आएको बाढीका पीडित परिवारको उद्दार र सहयोगका लागि धनगढी-१ मा रहेको लक्ष्मीनारायण मन्दिरले आर्थिक सहयोग गरेको छ। लक्ष्मीनारायण मन्दिरले दम्पतीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार १११ रुपैयाँ सहयोग गरेको हो।

मन्दिरले राष्ट्रिय विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग, सहकार्य र सेवाको भावनालाई थप मजबुत बनाउन सबै संघसंस्था, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकलाई सहयोगका लागि आह्वानसमेत गरेको छ।

कमेन्ट लोड गर्नुस