सुनचाँदीको मूल्यमा वृद्धि
२०८३ भदौ १९, ११:५२
काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
सुनको मूल्य प्रतितोला रु दुई हजार पाँच सय र चाँदीको मूल्य रु ४० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार चार सय र चाँदीको मूल्य रु चार हजार सात सय ६५ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार नौ सय र चाँदीको मूल्य रु चार हजार सात सय २५ कायम भएको थियो।
कमेन्ट लोड गर्नुस