सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट ४ लाख बढीको अवैध सामान बरामद

२०८३ भदौ २१, ०८:३४ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट ४ लाख बढीको अवैध सामान बरामद गरिएको छ।

कैलालीमा भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएका करिब ४ लाख १५ हजार रुपैयाँ बराबरका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सामान फेला पारी नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद सामानमा चिनी, मिठाई, टाई, बेल्ट, कस्मेटिकलगायतका सामग्री रहेका छन्। बरामद सामानको अन्दाजी मूल्य ४ लाख १४ हजार ८ सय ८२ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ नहररोडबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ३२ हजार ७०० सय बराबरको सुर्ति शनिबार राति इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस