सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिडियो बनाउँदा खुट्टा चिप्लिएर कञ्चनपुरकी १४ वर्षीया किशोरी महाकालीमा बेपत्ता

२०८३ भदौ २२, ०५:०३ खबर संवाददाता

कञ्चनपुर: टिकटक भिडियो खिच्ने क्रममा कञ्चनपुरको दोधाराचाँदनीकी १४ वर्षीया किशोरी महाकाली नदीमा बेपत्ता भएकी छन् ।

सोमबार दिउँसो दोधाराचाँदनी नगरपालिका–१०, लटाली टोलकी सृष्टि सुनार महाकाली नदीको तटीय क्षेत्रमा भिडियो बनाउँदै थिइन् । भिडियो खिच्ने क्रममा अचानक खुट्टा चिप्लिएपछि उनी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

घटनापछि उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ। 

कमेन्ट लोड गर्नुस