सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्रायम्फको नयाँ शोरुम, सुदूरपश्चिममै बिक्री, सर्भिस र स्पेयर पार्ट्स सुविधा

२०८३ भदौ २८, ०१:४८ खबर संवाददाता

धनगढी: विश्वप्रसिद्ध प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले सुदूरपश्चिम प्रदेशमा आफ्नो सेवा विस्तार गर्दै धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। धनगढी उपमहानगरपालिका–३, चटकपुरमा दीपेश अटो हब प्राइभेट लिमिटेड ट्रायम्फको आधिकारिक डिलरका रूपमा सञ्चालनमा आएको हो।

नयाँ शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका मोटरसाइकलप्रेमीले ट्रायम्फका विभिन्न प्रिमियम मोडल स्थानीय स्तरमै खरिद गर्न सक्ने भएका छन्। शोरुमबाट आधिकारिक सर्भिसिङ तथा मर्मत सेवा र कम्पनीका ओरिजिनल स्पेयर पार्ट्ससमेत उपलब्ध हुने जनाइएको छ।

ट्रायम्फका मोटरसाइकल आकर्षक डिजाइन, आधुनिक प्रविधि, शक्तिशाली इन्जिन, उत्कृष्ट राइडिङ अनुभव तथा प्रिमियम निर्माण गुणस्तरका लागि परिचित छन्। विभिन्न किसिमका राइडिङ आवश्यकता र ग्राहकको रुचिलाई ध्यानमा राख्दै कम्पनीले फरक–फरक मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ।

धनगढीमा सञ्चालनमा आएको शोरुमलाई Sales, Service and Spares (3S) सहितको पूर्ण सुविधासम्पन्न केन्द्रका रूपमा तयार गरिएको छ। ग्राहकले यहाँ मोटरसाइकल खरिद गर्नुका साथै नियमित सर्भिसिङ, मर्मतसम्भार र आवश्यक ओरिजिनल पार्ट्स सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

दीपेश अटो हब प्राइभेट लिमिटेडका दीपेश ओझाले सुदूरपश्चिममा ट्रायम्फजस्तो प्रिमियम ब्रान्डको आधिकारिक सेवा उपलब्ध गराउन पाउनु महत्वपूर्ण अवसर भएको बताए। ग्राहकलाई गुणस्तरीय बिक्री सेवा, प्राविधिक सहयोग र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने आफ्नो उद्देश्य रहेको उनले बताए।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ केवल मोटरसाइकलको ब्रान्ड नभई गुणस्तर, विश्वसनीयता र प्रिमियम राइडिङ अनुभवसँग जोडिएको ब्रान्ड भएको बताए। धनगढीमा आधिकारिक शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका ग्राहकसँगको सम्बन्ध थप बलियो हुने अपेक्षा रहेको उनको भनाइ छ।

यसअघि प्रिमियम मोटरसाइकल खरिद तथा आधिकारिक सर्भिसिङका लागि सुदूरपश्चिमका ग्राहक अन्य शहरमा निर्भर हुनुपर्ने अवस्था थियो। धनगढीमा नयाँ शोरुम सञ्चालनमा आएपछि यस क्षेत्रका ग्राहकले ट्रायम्फका मोटरसाइकल खरिदसँगै बिक्रीपछिको आधिकारिक सेवा पनि स्थानीय स्तरमै प्राप्त गर्ने भएका छन्।
 

कमेन्ट लोड गर्नुस