कैलाली खोलामा फोहोर फाल्ने दुई जनालाई जरिवाना
धनगढी : धनगढी उपमहानगरपालिका–१ स्थित कैलाली खोलामा शौचालयको दिशाजन्य फोहोर पठाएको भेटिएपछि दुई जनालाई जरिवाना गरिएको छ।
खोलामा शौचालयबाट निस्कने दिशाजन्य फोहोर फालेर वातावरण प्रदूषण गरेको पाइएपछि सम्बन्धित दुई जनालाई जनही ५ हजार जरिवाना गरिएको हो।
धनगढी उपमहानगरपालिकाले सार्वजनिक स्थान, खोला तथा नदीमा फोहोरमैला र दिशाजन्य पदार्थ फाल्ने कार्य नगर्न आग्रह गर्दै आएको छ। खोलामा फोहोर फाल्ने तथा वातावरण प्रदूषण गर्ने कार्यविरुद्ध अनुगमनलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
उपमहानगरपालिकाले नगर क्षेत्रका खोला तथा सार्वजनिक स्थान सफा राख्न र फोहोरको उचित व्यवस्थापन गर्न समेत नगरवासीलाई आग्रह गरेको छ।