सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीको बिडी र सुर्ति बरामद

२०८३ असोज ४, ०८:०४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीको बिडी र सुर्ति बरामद गरिएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ वनदेवि जंगल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ४८ हजार ३५० बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामान शनिबार साँझ इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस