१३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय व्यक्ति पक्राउ
कैलाली: कैलालीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ४५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार गोदावरी नगरपालिका–९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई जबरजस्ती करणीसम्बन्धी उजुरीका आधारमा आइतबार साँझ पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।