कैलालीको चुरेमा एक जना मृत फेला
अत्तरिया : कैलाली चुरे गाउँपालिका–१ तुलिखेतस्थित जंगलमा एक जना मृत फेला परेका छन् ।
चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा मृत भेटिएका हुन ।
उनी असोज ५ गते देखि हराएका थिए ।
खोजी गर्ने क्रममा बुधवार शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराले बताए ।
उनले मृतक सहित ८ जना सँगै बसेर मापसे गरेको र मृतकलाई मापसे गर्दै गर्दा सँगै बसेका साथीहरूले मार्दिन्छु भन्दै गरेको भिडियो फेला परेको बताए ।
उक्त भिडियोको आधारमा ७ जनाहरू पक्राउ गरिएको उनले बताए ।
घटना स्थलमा डिएसपी महराको कमान्डमा प्रहरी खटिएको छ । अहिले पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याइँदै गरेको जनाइएको छ ।
डिएसपी महराले घटनास्थलमा टोपी, मोबाइल, चप्पल समेत फेला परेको बताए ।