सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसकाे स्ववियुद्वारा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयाेग

२०८३ असोज ७, ०४:५६ खबर संवाददाता

धनगढीः कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ सहयोग गरेको छ।

स्ववियुले बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको हो। स्ववियु अध्यक्ष सन्तोष पन्तले विपद्का बेला पीडितको सहयोगका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु सामाजिक दायित्व भएको बताए। 

कमेन्ट लोड गर्नुस