सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा हामफालेर बेपत्ता भएकी शिक्षिकाको शव कर्णाली किनारमा भेटियो

२०८३ असोज ९, ०९:५७ खबर संवाददाता

धनगढी: डोटीको सेती नदीमा हामफालेर बेपत्ता भएकी एक युवतीको शव कैलालीस्थित कर्णाली नदीको किनारमा फेला परेको छ।

डोटीको दिपायल सिलगढी नगरपालिका–६, नाचनथलीकी २२ वर्षीया शिक्षिका प्रियंका श्रेष्ठको शव बुधबार टीकापुर नगरपालिका–२, मूलपानीस्थित कर्णाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।

श्रेष्ठ भदौ ३० गते दिपायल सिलगढी नगरपालिका–३ स्थित सेती नदीको झोलुङ्गे पुलबाट नदीमा हामफालेपछि बेपत्ता भएकी थिइन्।

शव फेला परेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी श्रेष्ठको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस