धनगढीमा भेस्पा लेजेन्ड्सको आधिकारिक सोरुम सञ्चालनमा
धनगढी : इटालियन ब्रान्ड भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–४, चटकपुरमा स्थापना गरिएको सोरुमको शुक्रबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले उद्घाटन गरेका हुन ।
सोरुम उद्घाटन गर्दै अध्यक्ष ओझाले धनगढीमा नयाँ तथा आधुनिक सवारीसाधनका ब्रान्डको विस्तारले स्थानीय बजारलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताए। निजी क्षेत्रको लगानी र व्यावसायिक गतिविधिको विस्तारले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
अध्यक्ष, कैलाली उद्योग वाणिज्य संघ
उद्घाटन कार्यक्रममा भेस्पाका प्रमुख कार्यकारी अधिकृत विजय मेहताले भेस्पाले आफ्नो ८०औँ वर्ष सफलतापूर्वक पूरा गरेको जानकारी दिए। आकर्षक स्वरूप, विशिष्ट डिजाइन र आरामदायी यात्राका कारण भेस्पा विश्वभर परिचित ब्रान्डका रूपमा स्थापित भएको उनले बताए ।
प्रमुख कार्यकारी अधिकृत, भेस्पा
यस्तै, भेस्पाका डेपुटी जनरल म्यानेजर विकास शाहले दसैँ–तिहारलाई लक्षित गर्दै भेस्पा र अप्रिलियाका स्कुटर खरिदमा विभिन्न उपहार, एक्सचेन्ज तथा किस्ताबन्दी सुविधा उपलब्ध गराइएको जानकारी दिए । ग्राहकले आफ्नो आवश्यकता र सहजताअनुसार विभिन्न योजनामार्फत स्कुटर खरिद गर्न सक्ने उनले बताए ।
डेपुटी जनरल म्यानेजर, भेस्पा
धनगढीको नयाँ सोरुमबाट भेस्पा र अप्रिलियाका विभिन्न मोडलका स्कुटर बिक्रीका साथै ग्राहकलाई आवश्यक परामर्श, मर्मतसम्भार तथा बिक्रीपछिको सेवा उपलब्ध गराइने जनाइएको छ।
आधिकारिक सोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका ग्राहकलाई भेस्पा तथा अप्रिलियाका स्कुटर खरिद गर्न र आवश्यक सेवासुविधा लिन सहज हुने विस्वास गरिएको छ। साथै प्रदेशबासीको यश ब्राण्डले मन जित्नेमा सन्चालकले आश गरेका छन्।