सुदूर नेपाललाई विश्वसँग जोड्दै

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

२०८३ असोज १२, ०९:४५ खबर संवाददाता

काठमाडौंः सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइन्छ । सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसङ्घको महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो ।संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्कोे)को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो ।

विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।

जुलाई २०११ मा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समितिले सूचनामा पहुँचको अधिकार अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्सा हो भन्ने विषयलाई स्वीकार गरेको थियो ।

कमेन्ट लोड गर्नुस