कैलाली–५ बाट महाधिवेशन प्रतिनिधिमा २६ वर्षिय युवा विनोद देउवाको उम्मेदवारी
धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट ३५ वर्षमुनिको युवा खुलातर्फ विनोद देउवाले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने भएका छन्।
जेनजी पुस्ताका युवा देउवा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अर्थशास्त्र अध्ययनरत छन्। उनी नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्यसमेत हुन्।
विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका देउवाले युवा पुस्ताको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिन लागेको बताएका छन्। पछिल्लो समय नेपाली राजनीतिमा युवा सहभागिता र पुस्तान्तरणको विषय चर्चामा रहँदै आएको छ।
देउवाले कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रीय प्रतिनिधिहरूमाझ आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै युवा पुस्ताका मुद्दालाई पार्टीको नीति निर्माण र सांगठनिक तहमा जोड्ने उद्देश्यसहित अघि बढेको बताएका छन्।