माइती गएका प्रकाश कुँवर सम्पर्कविहीन, खोजीका लागि परिवारको आग्रह
कञ्चनपुर : कञ्चनपुरको झलारी घर भएका प्रकाश कुँवर माइतीघर सुर्खेतको गौतम नगरबाट सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार कुँवर शुक्रबारसम्म परिवारको सम्पर्कमा थिए। त्यसक्रममा उनले आइतबार घर फर्किने बताएका थिए। तर, पहिरोका कारण बाटो अवरुद्ध भएकाले आउन कठिनाइ भइरहेको बताएका थिए।
शनिबारदेखि भने कुँवरसँग सम्पर्क हुन सकेको छैन। लगातार सम्पर्कविहीन भएपछि परिवारले उनको अवस्था र कहाँ छन् भन्ने बारे चिन्ता व्यक्त गर्दै खोजीमा सहयोग गरिदिन आग्रह गरेको छ।
प्रकाश कुँवरलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन परिवारले अनुरोध गरेको छ।