सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियाली खेलकुदः जुडोमा चार खेलाडी पराजित

२०८३ असोज १४, ०१:१४ रासस

काठमाडौँ :जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालका चारै जना खेलाडी पराजित भएका छन् । 

जापानको ऐचि इन्टरनेसनल एरिनमा आज भएकोे खेलमा नेपालका चारै जना खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका हुन् । पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन् ।

महिला ५२ केजी तौल समूहमा नेपालकी देवकीमाया पहिलो खेलमा नै भियतनामकी खेलाडी थि नगान हासँग पराजित भइन् । त्यस्तै महिला ४८ केजी समूहमा अर्का खेलाडी निशा हङ्कङकी वङ का लीसँग पराजित भइन् ।

त्यस्तै पुरुष ६६ केजी तौल समूहमा विशेष हङ्कङका वङ का कीसँग पराजित भए । पुरुष ६० केजीमा विकास उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भए ।
 

कमेन्ट लोड गर्नुस