सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट क्षेत्रीय प्रतिनिधि चुनिइन् आरजु देउवा

२०८३ असोज १७, ०८:४१ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई धनगढीबाट क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ। समानान्तर महाधिवेशनको तयारी गरिरहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राणालाई क्षेत्रीय प्रतिनिधि चयन गरेको हो।
धनगढी उपमहानगरपालिका–४ बाट उनी सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन्। लामो समयदेखि विदेशमा रहेकी उनलाई वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनाइएको हो।
कांग्रेस नेता तथा धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष बुद्धि खड्काका अनुसार आरजुसहित ५१ जना क्षेत्रीय प्रतिनिधि र १८ सदस्यीय वडा समिति सर्वसम्मत चयन गरिएको छ।
कांग्रेस संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाभन्दा अलग्गै देउवा समूहले समानान्तर रूपमा अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ। देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको हो।
यसैबीच, देउवा स्वयं पनि आफ्नो गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

कमेन्ट लोड गर्नुस