सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

२०८३ असोज १८, १०:२३ खबर संवाददाता

काठमाडौँः नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

एमाले पार्टी कार्यालय च्यसलमा दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन्। नेकपा एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाएर अधिवेशन अवधिभरमा भएगरेका कामकारबाहीबारे समीक्षा गर्दै आएको छ। 

संसदीय दलका उपनेता पद्मा अर्यालले आजको बैठकमा गएको संसद् अधिवेशनमा पार्टीका तर्फबाट खेलेको भूमिकाको समीक्षाका साथै आगामी दिनमा सांसद र पार्टी नेताले खेल्नुपर्ने भूमिकाबारे अध्यक्षले विशेष निर्देशन दिने बताइन्।

कमेन्ट लोड गर्नुस