सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–४ रातोपुलमा रहेको सि.सि.एस +२ का बिधाथीले गरे कपडा बैङ्कलाई सहयोग

२०८३ असोज १९, ०३:१९ खबर संवाददाता

धनगढी :धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई २८१ थान कपडा सहयोग गरिएको छ ।

धनगढी–४ रातोपुल मा रहेको सि।सि।एस +२ का बिधाथीले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न् ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो ।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ । हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो ।
धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन् ।
 

कमेन्ट लोड गर्नुस