एमालेले बोलायो स्थायी कमिटीको पहिलो बैठक
२०८३ असोज २१, ०९:३७
काठमाडौँ: नेकपा (एमाले) ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ।
असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए। गत असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेको थियो। यद्यपि स्थायी कमिटीले पूर्णता पाएको छैन।
कमेन्ट लोड गर्नुस