पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा
२०८३ असोज २२, १२:५३
भोजपुर : भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिए ।
आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएकोे उनले बताए ।
यसैगरी, नेकपा (एमाले)बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिए । उनलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।
कमेन्ट लोड गर्नुस