सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता हुँदै, १० वटै पालिकालाई निमन्त्रणा

२०८३ असोज २६, ११:३१ खबर संवाददाता

बैतडीः बैतडी जेन्जी युवा समूहको आयोजनामा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। विजयादशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना हुन लागेको प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहबाट वक्ताहरूको सहभागिता गराउने लक्ष्य राखिएको छ।

प्रतियोगितामा सहभागी गराउन आयोजकले जिल्लाका सबै नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्षहरूलाई निमन्त्रणा गर्दै आफ्नो पालिकाबाट वक्ताहरू छनोट गरी पठाइदिन अनुरोध गरेको छ। प्रतियोगितामा नगरपालिकाबाट ३ जना र गाउँपालिकाबाट २ जना वक्ता सहभागी गराइने आयोजकले जनाएको छ। सहभागी छनोट गर्दा महिला र पुरुष दुवैको समान सहभागितालाई प्राथमिकता दिनसमेत आग्रह गरिएको छ।

प्रतियोगिताको मुख्य उद्देश्य युवाहरूको वक्तृत्वकला, आत्मविश्वास, नेतृत्व क्षमता र विचार अभिव्यक्तिको विकास गर्नुका साथै जिल्लाभित्र रहेका प्रतिभाशाली युवाहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु रहेको छ। कार्यक्रम आयोजक जेन्जी युवा राजन भट्टले प्रतियोगिताले युवाहरूको प्रतिभा उजागर गर्नुका साथै उनीहरूमा नेतृत्व क्षमता र सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने आत्मविश्वास विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले बैतडीका १० वटै स्थानीय तहलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै प्रतियोगिता सफल बनाउन सहयोग, सहकार्य र समन्वय गरिदिन सबै सरोकारवालालाई अनुरोध गरे।

कमेन्ट लोड गर्नुस