सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषधसहित छ जना पक्राउ

२०८३ असोज २८, १२:४१ रासस

काठमाडौँ : नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित छ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–४ बाट एक, बर्दियाको गुलरिया नगरपालिका–१ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट एक र कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्कबाट दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन बरामद गरेको छ ।
 

कमेन्ट लोड गर्नुस