बैतडीबाट ३ लाख बढीको अवैध सामान बरामद
बैतडीः बैतडीबाट ३ लाख बढीको भन्सार छलीका अवैध सामान बरामद गरिएको छ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ तिमलेखाली स्थित बिनायक जंगलबाट गोप्य सूचनाको आधारमा अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ३ लाख १७ हजार ७१० बराबरको सामान बरामद गरिएको हो। चिनी, खाने तेल, मिठाई, ध्वजा/नेजा, नरिवल, जिरा, सुर्ति, नटबोल्ड, पेन्ट, पास्ता लगायतका सामानहरु बुधबार दिउँसो इलाका प्रहरी कार्यालय तस्वदेही र प्रहरी चौकी हल्दुविनायक, बैतडीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।