सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसमा सुदूरपश्चिमको कमजोर उपस्थिति, पदाधिकारीमा स्नेही मात्रै

२०८३ असोज ३०, ०७:३९ खबर संवाददाता

धनगढीः लामो समय नेपाली कांग्रेसको नेतृत्वमै प्रभाव जमाएको सुदूरपश्चिम यसपटक पार्टीको केन्द्रीय पदाधिकारीमा एक जनामा सीमित भएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै प्रकाश रसाइली ‘स्नेही’ मात्रै पदाधिकारीमा निर्वाचित भएका छन्।

सहमहामन्त्री (दलिततर्फ) मा उम्मेदवारी दिएका स्नेही लोकप्रिय मतसहित विजयी भएका हुन्। उक्त पदमा खसेको सदर मतमध्ये उनले ४ हजार ८ सय २१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १ सय २१ र नरेन्द्र पासवानले ७ सय ९६ मत पाए।

त्यसमा स्नेहीले प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै सहमहामन्त्रीको जिम्मेवारी दोहो¥याएका हुन्। बझाङका स्नेही गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री चयन भएका थिए। सुदूरपश्चिमबाट यसपटक पदाधिकारीका अन्य आकांक्षीले भने सफलता हात पार्न सकेनन्। महामन्त्रीमा उम्मेदवारी दिएका नैनसिंह महर र सहमहामन्त्रीका उम्मेदवार जनक गिरी पराजित भए।

उनीहरूको पराजयसँगै प्रदेशबाट पदाधिकारीमा प्रतिनिधित्व गर्ने अवसर स्नेहीमा मात्रै सीमित भएको हो। कांग्रेसको नेतृत्वमा लामो समय प्रभाव जमाएको सुदूरपश्चिम यसपटक एक पदाधिकारीमा सीमित भएको हो। डडेल्धुराका शेरबहादुर देउवाले एक दशक पार्टी सभापतिको नेतृत्व गरेका थिए। देउवा पक्ष भने छुट्टै महाधिवेशनको तयारीमा रहेको छ।

कमेन्ट लोड गर्नुस