सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

२०८३ कार्तिक १, ११:५० रासस

मेक्सिकोको क्यालिफोर्निया प्रायद्वीपको तटनजिकै समुद्रमा डुब्न लागेको डुङ्गाबाट अमेरिकी कोस्ट गार्डले १६ जनाको उद्धार गरेको छ भने अन्य ११ जना अझै बेपत्ता छन् ।

शुक्रबार स्थानीय समयअनुसार बिहान करिब १ बजे सान डिएगोस्थित कोस्ट गार्डले डुङ्गामा पानी भरिएको भन्दै आएको आपत्कालीन सन्देश प्राप्त गरेको थियो। उक्त घटना मेक्सिकोको एन्सेनाडा सहरबाट करिब २२५ किलोमिटर पश्चिममा भएको हो ।

उद्धार अभियानमा कोस्ट गार्डका विमान तथा जहाजसँगै अमेरिकी नौसेनाको यूएसएस किङ्सभिल जहाज र हेलिकप्टर परिचालन गरिएको थियो। खोजीका क्रममा डुङ्गाका अवशेष फेला परेका थिए ।
उद्धार गरिएका १६ जनालाई थप स्वास्थ्य परीक्षणका लागि स्थानीय अस्पताल पठाइएको छ। उनीहरूमध्ये दुई जना मेक्सिकन नागरिक रहेको अधिकारीहरूले बताएका छन् ।

कोस्ट गार्डका अनुसार डुङ्गामा ठूलो सङ्ख्यामा मानिस सवार थिए र त्यसले अवैध समुद्री तस्करीमा प्रयोग हुने मार्ग पछ्याइरहेको थियो । घटनाको कारण खुलेको छैन। बेपत्ता व्यक्तिहरूको खोजी जारी छ ।
 

कमेन्ट लोड गर्नुस