सुदूर नेपाललाई विश्वसँग जोड्दै

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

२०८३ कार्तिक १, ०१:०५ रासस

काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ ।

गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । 
आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् ।

यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो । 
आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम भएका,  नागरिकता त्यागेका वा रद्द भएकासहित एक लाख ५८ हजार २६४ जनाको नाम हटाएको शुक्रबार विज्ञप्ति निकालेर बताएको छ ।
 

कमेन्ट लोड गर्नुस