सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार होः रास्वपा

२०८३ कार्तिक १, ०१:४२ रासस

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार  लिनेदिने  नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना सन्देश जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदानलाई निरुत्साहित गर्दै आएको स्मरण गराए ।

उनले भने, “राजनीतिमा  नागरिकको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो ।” चाडपर्वको मूल सन्देश निःस्वार्थ प्रेम, सद्भाव र आत्मीयता भएको बताए । 
महामन्त्री आचार्यले सुसंस्कृत  राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीमा  शुभकामना व्यक्त गरे ।
 

कमेन्ट लोड गर्नुस