सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष बडायकको नेकपाकै कार्यकर्ताले जलाए पुत्ला

२०७६ कार्तिक २८, ०५:२४ कमल सावद

कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको पुत्ला जलाइएको छ। गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय सार्न नहुने भन्दै बिरोधमा रहेका स्थानीयले अध्यक्षको पुत्ला जलाएका हुन्।

गाउँपालिकाको कार्यालय अगाडी आज अध्यक्ष बडायकको पुत्ला जलाइएको हो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले नै पुत्ला दहन गरेका हुन्। अध्यक्ष तत्कालिन माओवादीबाट विजयी भएका थिए। उनीहरुले कार्तिक २२ गते वडा कार्यालय सार्न नहुने भन्दै ताला लगाएका थिए। बुधबार ताला तोडिएको थियो। यता गाउँपालिकाका अध्यक्ष बडायकले वार्ताका लागि आग्रह गरिएको बताए। उनले छलफलबाट समस्याको समाधान गर्ने बताए।

वडा कार्यालयको भवन निर्माणका लागि जमिन खरिदका लागि यस अघि नै १५ दिने सूचना प्रकाशन गरिएको थियो। सो समयमा कुनै पनि पक्षले चाँसो नदिएको वडा नम्बर ३ का अध्यक्ष टीकाराम चौधरीले बताए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस