सुदूर नेपाललाई विश्वसँग जोड्दै

निशुल्क डायलासिसको माग गर्दै ज्ञापनपत्र बुझाउन गएका बिरामीले प्रधानमन्त्रीलाई भेट्नै पाएनन्

२०७६ मंसिर २, ०४:०६

काठमाण्डौ: मिर्गाैलाका बिरामीहरुले निःशुल्क हेमोडायलासिसको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीलाई आफ्ना  माग सहितको ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका मिर्गाैला पीडितले प्रधानमन्त्री ओलीलाई भेट्ने नपाएपछि प्रदर्शन गरेको हुन् ।  

जीवीकोपार्जन वापतको मासिक भत्ता, डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग राख्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन मिर्गाैला पीडित सरोकार समाजको नेतृत्वमा भएको हो ।   

कमेन्ट लोड गर्नुस