मालाखेती अस्पतालमा आकस्मिक सेवा सुरु
कैलालीको मालाखेती अस्पतालमा आकस्मिक सेवा सुरु गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकिडाँडामा रहेको मालाखेती अस्पतालमा आजदेखी आकस्मिक सेवा सुरु भएको हो।
अस्पतालमा आउने बिरामीको संख्यालाई मध्यनगर गर्दै आजदेखी २४ घण्टाकै लागि आकस्मिक सेवा सुरु गरिएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका बिष्णु जोशीले बताए। अस्पतालमा स्वास्थ्य सेवाका लागि कैलाली, कञ्चनपुरको सेवाग्राही आउने गरेका छन्। जोशीका अनुसार अस्पतालमा चार जना चिकित्सकलाई २४ घण्टा स्वास्थ्य सेवाका लागि खटाइएको छ।