कतारमा नेपाली कामदारलाई ४ लाख इनाम
कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत मोरङका गोर्खबहादुर राईलाई कम्पनी मालिक आसर अल अलीले पन्ध्रहजार रियाल अर्थात् नेपाली ४ लाख ७२ हजार इनाम स्वरुप प्रदान गरेका छन्।
विगत दशवर्षदेखि सोही कम्पनीमा कार्यरत राई इमान्दार र लगनशील भएर काम गरेवापत कम्पनीले उनलाई सो रकम प्रदान गरेको हो। कन्स्ट्रक्सनमा हेल्परका रुपमा आएका उनी अहिले सोही कम्पनीको सिभिल फोरमेन भइसकेका छन्। नासर अल अली इन्टरप्राइसेसमा काम गरेर झापामा जग्गा जोडि सकेको उनले बताए।