के संकेत गर्छ राति देखिने यस्ता सपनाले ?
सबै जसो मानिसहरुले सपना देख्र्ने गर्छन। ज्योतिष शास्त्रले सपनाका बारेमा पनि फलादेश गर्ने गर्छ। कस्तो सपना देख्दा शुभ हुन्छ र कस्तो सपना देखे अशुभ हुन्छ सवैलाई थाहा हुँदैन। आज यदिसपनामा विभिन्न चरा वा जनावरहरु देखिन्छ भने त्यसको अर्थ के होला ? यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ।
सपनामा हात्ति देखियो भने यो निक्कै राम्रो मानिन्छ। हात्तिमा लक्ष्मी सवार हुने हुँदा हात्ति सपनामा देख्नु शुभ भएको ज्योतिष शास्त्रको भनाइ छ।
सपनामा भैसी देखिया भने मिश्रित फल मिल्छ। यो निक्कै अशुभ पनि होइन तर शुभ पनि होइन।
सपनामा घोडा देखिया भने यसको सुख सम्पति हात लाग्न संकेत गर्छ।
गिद्ध सपनामा देखिया भने तपाइँलाई समस्या पर्न सक्छ। शोख वा नकारात्मक समाचार सुन्ने समयमा यस्ता सपना देखिन्छन्।
मयुर देखियो भने पनि तपाइँलाई शुभ फल मिल्छ। मयुरमा शनि सवार भएको देख्नु अझै राम्रो मानिन्छ।
त्यस्तै सपनामा कौवा देख्नु भो भने यसले तपाइँलाई सुख शान्ति हरण हुने संकेत दिन्छ।
ज्योतिष शास्त्रे सपनामा कौवा देख्दा परिवारमा वादविवाद हुने र अपमान आइलाग्ने बताउँछ।