सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवाहपछि किन बढ्छ मोटोपन ?

२०७६ मंसिर ३०, ०८:४८

एक नयाँ शोधका अनुसार एक्लो हुँदा भन्दा विवाह गरेपछि मानिसहरु खाद्यान्नको बढी खरिद गर्दछन्। युनिभर्सिटी अफ बेसलमा हेल्थ साइकोलोजीकी असिस्टेन्ट प्रोफेसर जुट्टा माटाका अनुसार लामो सयमसम्म सम्बन्धमा रहने मानिस खानपानमा सचेत हुन्छ । यसकारण ऊ पहिला भन्दा स्वस्थ हुन्छ।

शोधका अनुसार महिला होस् वा पुरुष, विवाहित जोडीको एक्लो हुँदा भन्दा बढी बिएमआई हुन्छ। यसैगरी, शोधमा विवाहित मानिसहरु एक्लो हुँदा भन्दा खेलकूदजस्ता गतिविधिमा कम सहभागी हुने शोधको क्रममा पत्ता लागेको छ।

सबैले मानेकै कुरा हो कि विवाहपछि मानिसको जिन्दगी नै बदलिन्छ। तर, केही मानिसहरुको शरीरको ढाँचा नै बदलिन्छ। किन ? विवाहपछि मानिसको सामान्यतः तौल बढ्न थाल्छ। शोधका अनुसार उनीहरुको जीवनशैलीमा आउने परिवर्तनका कारण यस्तो हुन।
नौवटा युरोपियन देशहरुमा भएको उक्त अध्ययनमा शोधकर्ताहरुले विवाहित जोडी अविवाहितभन्दा राम्रो खाना खाने तथ्य पत्ता लागेको छ। तर, शारीरिक अभ्यास तथा खेलकूदसम्बन्धी गतिविधिमा कम भाग लिनाको कारण तौल बढ्छ।
 

कमेन्ट लोड गर्नुस