मधुमेहका रोगीले चामलको भात खाने की नखाने ?
मधुमेह एक गम्भीर समस्या हा। डायबिटिजका रोगीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने हुन् । किनकि, खानामा भएको सामान्य गल्ती पनि बिरामीका लागि खतरनाक साबित हुन सक्छ। नेपालमा धेरैजसो घरमा अन्य खानेकुराभन्दा चामलको नै बढी प्रयोग गरिन्छ। तर, चामल सेवन मधुमेह रोगीका लागि हानिकारक हुन सक्छ।
ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार, जो मानिसले धेरै मात्रामा चामल सेवन गर्छन् उनीहरूमा डायबिटिज हुने खतरा बढी हुन्छ। विज्ञका अनुसार पहिलेदेखि नै डायबिटिज भएकाहरूका लागि भने चामलका खानेकुरादेखि साबधानी अपनाउनु आवश्यक छैन। तर, हप्ताको एक दिन कम खानु भने आवश्यक हुन्छ।
हुन त मधुमेहका रोगी सबै किसिमका चामल खान सक्छन्। तर, ह्वाइट राइसको तुलनामा ब्राउन राइस स्वास्थ्यका लागि बढी फाइदाजनक छ। ब्राउन राइसमा ग्लाइसिमिक इंडेक्सको स्तर ६८ प्रतिशत हुन्छ, जबकि ह्वाइट राइसमा यसको मात्रा ७३ प्रतिशत हुन्छ।
विज्ञका अनुसार मधुमेहका रोगीले जुन चिजमा ग्लाइसिमिक इन्डेक्सको स्तर ५५ प्रतिशतभन्दा कम छ, ती चिज मात्र सेवन गर्नुपर्दछ। यसबाट ब्लडमा सुगरको मात्रा धेरै बढ्दैन । जबकि, ७० प्रतिशतभन्दा धेरै ग्लाइसिमिक इन्डेक्स भएका खानेकुरा सुगररोगीका लागि खतरनाक साबित हुन सक्छ।
त्यसैले विज्ञहरू सुगरका रोगीलाई ह्वाइट राइसको सट्टामाा ब्राउन राइस खान सल्लाह दिन्छन्। चामलको खानामा गाजर, प्याज, केराउ, साग–सब्जी मिलाएर खानु राम्रो हुन्छ। यसो गर्नाले चामलमा पोषणको मात्रा बढ्छ। विज्ञ भन्छन, सुगरका बिरामीलाई कुन खानेकुरामा ब्लड सुगर बढाउने तत्व बढी हुन्छ भन्ने कुराको राम्रो जानकारी हुनु आवश्यक छ।