यी कुरामा ध्यान दिँदा चिसोबाट बच्न सकिन्छ
चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन्। रुघाखोकी, घाँटी दुख्ने, टन्सिल हुने, मुटु, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन्। चिसोका कारण बढी मात्रामा बृद्धबृद्धा, बालबालिका तथा दीर्घरोगी प्रभावित हुने गरेका छन्।
चिसोमा अरु बेलाभन्दा ब्याक्टेरियाको संक्रमण पनि धेरै हुने भएकाले सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिएका छन्। जाडोको समयमा घाम राम्रोसँग नलाग्ने भएकाले कोठा अँध्यारो हुने र मनोवैज्ञानिक समस्या समेत देखापर्न सक्ने उनको भनाइ छ।
चिसोबाट बच्नका लागि केही समय घाममा बस्ने, तातो, झोलिलो खानेकुरा खाने, व्यायाम गर्ने, शरीरलाई ऊर्जा दिने खानेकुरा खाने, बाक्लो कपडा लगाउने र शरीरलाई सधैं न्यानो राख्न उनले आग्रह गरेका छन्। तर कोठा न्यानो बनाउने भनेर कोइला, हिटर लगायतका वस्तु बालेर नसुत्न र पूर्ण रुपमा झ्याल ढोका नलगाउन पनि उनकाे छ।