धनगढीको सिपी अस्पतालद्धारा निःशुल्क स्वास्थ्य शिविर, झण्डै साढे ११ सयले सेवा लिए
धनगढीको सिपी अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा झण्डै साढे ११ सय जनाले सेवा लिएका छन्। कैलारी गाउँपालिका वडा नम्बर ५ मा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ११ सय २० जनाले स्वास्थ्य जाँच गराएका हुन्।
एकदिने स्वास्थ्य शिविरमा ११ सय २० जनाले सेवा लिएको सिपी अस्पतालले जनाएको छ। शिविरमा वरिष्ठ पेट रोग विशेषज्ञ÷सर्जन डाक्टर चन्द्रप्रकास पाण्डेय, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर गौरव कुमार गुप्ता र वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पुजन रन्जीतले विरामी जाँच गरेको सिपी अस्पतालका प्रशासक हेमराज जोशीले बताए।